आवस सहितको सुस्त मनस्थिती स्रोत कक्षा सञ्चालन


रमेश कुमार वली
सल्यान २, साउन । सल्यानमा आवास सहितको सुस्त मनस्थिती स्रोत कक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिद्ध कुमाख गाउपालिका वडा नम्बर १ बाँझकाँडामा रहेको महेन्द्र आदर्श माद्यामिक बिद्यालयमा कक्षा सञ्चालन गरिएको हो ।
उनीहरुको लागि यहाँ आवासको ब्यबस्था समेत गरिएको छ । विद्यालयले ६ देखि १२ वर्षमुनिका वालवालिकाहरुलाई जिवनउपयोगी व्यवहारिक कुरा सिकाउदै आएको छ । “उनीहरुलाई कसरी बोल्ने, सामाजिक कार्य कसरी गर्ने, सभ्य कसरी हुने, रुपैयाँ चिन्ने जस्ता ब्यबहारिक कुराहरु सिकाउदैँ आएको छु ।” स्रोत शिक्षक विष्णु प्रसाद रोकाले भन्नुभयो । उहाँले सुस्त मनस्थिति भएका बिद्यार्थीहरु मध्ये पनि ख, ग र घ बर्गकालाई मात्रै सिकाउने गरेको जानकारी दिनुभयो ।
उनले स्रोत कक्षामा पढेपछि वालवालिकाहरुमा ब्यबहारिक रुपमा परिबर्तन हुने र अपग्रेड गरेर उनिहरुको क्षमता अनुसार बिद्यालयमा भर्ना गर्दै आएको रोकाले वताउनुभयो । “भौगोलिक विकटता तथा प्रचार प्रसारको अभावले सवै ठाउबाट सुस्त मनस्थिति भएका सवै वालवालिकाहरु यस विद्यालयमा आउन सकेका छैनन् ।” स्रोत शिden_post_visibility=public