२९ जेठ, सुर्खेत । यही २२ जेठ गतेबाट वीरेन्द्रनगरको लाटीकोइलीमा “लागु औषध विरुद्ध हाम्रो गोल, यूवा वर्गलाई खेलकुदमा सहभागी गराउने हाम्रो बोल”को नारा लिएर शिवविहार पुस्तकालय वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतले वडा नं ९ कार्यालयको सहयोगमा संचालन गरेको नगर स्तरिय फूटवल प्रतियोगिताको आज सम्पन भएको छ ।
कार्यक्रममलाई समापन गर्दै नगर प्रमुख देवकुमार सुबेदीले अहिले यूवाहरुमा मुख्य समस्या भनेको लागु औषध सेवन रहेकोले सम्पूर्ण तहबाट यस्लाई निर्मुल पार्न लागि पर्नुपर्ने बताउँदै त्यस्कालागि नगरपालिका पूर्ण सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा स्थानीय समाजसेवी डम्मर विक्रम जिसीले शिवविहार पुस्तकालयले लागु औषध विरुद्धको अभियानमा खेलकूदलाई प्राथमिकता दिएको मा बधाइ दिनुभयो ।
त्यस्तै कार्यक्रममा वडा नं ९का वडा अध्यक्ष सुरेश मानन्धरले लागु औषध विरुद्धको अभियानमा वडा कार्यालय सदैव लागि पर्ने प्रतिवद्धता जनाउनुभयो ।
फाइलनखेलमा आयोजक शिवविहार पुस्तकालयलाई बौद्ध यूवा क्लबले २ का विरुद्ध ५ गोले पराजित गरेको र प्रथम र दृतियलाई ट्रफि र खसी प्रदान गरिएको वडा सचिव देव मुलेलले बताउनुभयो ।
पुस्तकालयका अध्यक्ष किरणकुमार श्रेष्ठको सभापतित्वमा संचालित कार्यक्रममा समाजसेवी ध्रुवकुमार श्रेष्ठ र जिल्ला प्रहरी सुर्खेतका प्रहरी निरिक्षक रामकुमार यादवले आआफ्नो भनाइ राख्नुभएको थियो ।
Milan Shrestha । २९ जेष्ठ २०७५, मंगलवार १९:१४ बजे