सक्रियाको बारेमा आफै सजग हौ


नेपाल प्रहरीले विभिन्न अपराधका घट्नाहरु कम गर्न विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । यसैक्रममा भेरी अञ्चल प्रहरी प्रमुख धिरु बस्नेतले लागु औषध कारोबार नियन्त्रण गर्नका लागि विशेष अभियान सञ्चालन गर्ने उद्घोष गरेका छन् । प्रहरीको कार्य सम्पादन प्रक्रियाको बारेमा आम जनता सुसूचित होऊन भन्ने उद्देश्यले उनले यो उद्घोष गरेका होलान । पत्रकार भेटघाटको आयोजना गरेर । यो सह्रानीय पक्ष हो । अपराधको घट्नाहरु न्यूनिकरण गर्ने प्रहरीको प्रमुख कर्तव्य हो । यो कतैबाट छिपेको विषय होईन् । मुलुकभर मौलाउदै आएकोे लागुऔषध नियन्त्रणको लागि अवैध कारोवार गर्नेहरुको सम्पति छानविन गरिने रणनीतिले यसमा महत्व भने राख्छ ।  गरिने बताएका हुन् ।
उनले हालसम्म लागुऔषध कारोबार गर्ने अपराधीलाई नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अगाडि बढाइएपनि आगामी दिनमा यस्ता अपराधीको आर्थिक जायजेथाको छानविन गर्न आवश्यक रहेको उल्लेख गरे ।  ‘हालसम्म लागुऔषध कारोबारीलाई नियन्त्रणमा मात्र लिने कार्य भएको छ,’ उनले भने, ‘अब त्यस्तो कार्यबाट कमाएको कालो धनलाई पनि छानबिन गरी जफत गर्न सकिए लागुऔषध अपराध नियन्त्रणमा ठूलो सफलता हुनेछ ।’
यस्तै, खुला सिमा नाका भएका कारण अपराधीहरु लुकेर नाकापारी गई छिपेर बस्ने हुँदा अपराधी समात्न समस्या उत्पन्न भएको बस्नेतको भनाई थियो । सुर्खेत लगायत यस क्षेत्रका पहाडी जिल्लामा भारतीयहरुको लगानीमा अफिम खेती बनाईने र उताबाट ब्राउनसुगर, ड्रग्स जस्ता लागु औषध भित्र्याएर कारोबार गर्ने कामलाई नियन्त्रण गर्न प्रहरीले विशेष अभियान बनाई अगाडि बढ्ने उल्लेख गरे ।
अञ्चल स्तरिय विशेष टोली बनाईने
अञ्चल प्रमुख बस्नेतले अपराध नियन्त्रण गर्नको लागि अञ्चल स्तरिय विशेष टोली बनाईने बताएका छन् । यस क्षेत्रबाट आपराधिक गतिविधि अन्त्य गर्नको लागि विशेष टोली बनाईने उनले जानकारी दिए । उनले पछिल्लो समय बाँके र सुर्खेतमा मौलाएको लागुऔषध कारोबार नियन्त्रणका लागि दक्ष जनशक्तिहरु सम्मिलित विशेष प्रहरी टोली तयार गरी परिचालन गरिने उल्लेख गरे । प्रविधिको अभावका कारण अपराध अनुसन्धानमा असर परेको भन्दै उनले सिमित प्रविधिको उच्चतम प्रयोग गर्दै नयाँ रणनीति अनरुप अनुसन्धान कार्यलाई अगाडि बढाईने बताए । भेरी अञ्चलका ५ वटा जिल्लाका १ सय ८० वटा प्रहरी युनिटको नेटवर्किङ्ग रहेकोले सबै जिल्लामा विद्यमान समस्यालाई समाधान गर्न सहज हुने बस्नेको भनाई छ ।
बायोग्यास जडान गर्ने
यस्तै प्रमुख बस्नेतले ग्यास सिलिण्डरको सट्टामा अब प्रहरीले बायोग्यास प्रयोग गर्ने योजना बनेको जानकारी दिए । उनका अनुसार बायोग्यास आफैले उत्पादन गरी आर्थिक भार घटाउन ग्यासको विकल्प खोजिएको हो । ‘एक हजार जना प्रहरी जवानलाई एक महिनामा ६७ वटा ग्यास सिलिण्डरको आवश्यक्ता पर्दोरहेछ,’ उनले भने, ‘बायोग्यास उत्पादन गर्नसके आफैमा आत्मनिर्भर हुने भएकोले भेरी अञ्चलका सबै युनिटहरुमा बायोग्यास उत्पादन गर्ने योजना बनेको छ ।’
बायोग्यास निर्माणका लागि सरकारले ५० प्रतिशत अनुदान दिने र बाँकी स्रोत जुटाउन सकिने भएकोले आर्थिक भार कटौतीको लागि बायोग्यास बनाउने योजना बनेको उनको भनाई छ । यस्तै खुल्ला रुपमा रुपियाँको कारोबार हुँदा विभिन्न अपराधिक गतिविधि बढेकोले आगामी दिनमा प्रहरीले त्यस्ता काम बन्द गर्ने अभियान चलाउने बस्नेतले उल्लेख गरे । सबैले बैंकबाट मात्रै कारोबार गर्न आग्रह गर्दै उनले विगतमा दिनमा प्रहरीले हेर्दै आएको लेनदेनको घटनाहरु अबका दिनमा नहेर्ने जानकारी दिए । लेनदेनको घटनाले अन्य अपराध अनुसन्धानमा प्रभाव परेकोले लेनदेनका घटना हेर्न बन्द गरिएको उनले बताए ।