रुकुम चौरजहारीका ९ जनालाई क्वारेन्टाइनमा राखियो


गोपाल रेग्मी

१३ चैत्र, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकमा भारत लगाएतको ठाउँ वाट नगरपालिकामा प्रवेश गर्नेको संख्या २ सय १७ जना रहेकोमा आज विहिवार ९ जनालाई क्वारेनटाईनमा राखिएको छ ।

मजदुरीको सिलसिलामा छिमेकि देश भारतबाट आएका उनीहरुलाई शीतल माध्यामिक विद्यालयमा बनाईएको क्वारेनटाईनमा राखिएको नगर स्वास्थ्य संयोजक अकबिर घर्तिले जानकारी दिनुभयो । मजदुरी गरी भारतको केरला वाट आएका नगरको वडा नम्वर ५ का ७ जना वडा नम्वर ७ वाट १ जना र काठमाडौंबाट नगर प्रवेश गरेका वडा नम्वर १२ का १ स्थानीय गरी कुल ९ जनालाई क्वारेनटाईनमा राखिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

उनीहरुलाई मापदण्ड अनुसारको आवास खानपान तथा फ्रि वाईफाईको समेत व्यवस्था गरीएको नगरपालिकाले एक वक्तव्य मार्फत बताएको छ । चौरजहारी नगरपालिकामा भारतको केरला सिम्ला गुजरात लगाएत वाट आउनेको संख्या २ सय १७ रहेको नगरपालिकाले जनाएको छ ।

हाल लाई २० वेड क्षमता रहेको क्वारेन्टाईन विस्तारको काम समेत भैरहेको र नगरका अन्य स्थानमा समेत कोरेनटाईनको व्यवस्थापन भैरहेको स्वास्थ्य संयोजक घर्तिको भनाई छ ।