बजेटमा कर्णालीको नाम छैन, फेरी हेपीयो कर्णाली


प्रकाश बम
जेठ ३१, काठमाण्डौ ।

खाँउ कर्कली पेट फर्कली, नखाउ कर्कली सासु तर्कली भन्दै सांसद गोपाल बमले सरकारको ब्यबहारको ब्यङ्ग्य गर्नु भएको छ । उहाँले भनौं भने आफ्नै प्रधानमन्त्री र मन्त्रीहरु नभनौं भने हेपाहा प्रबृति भन्दै सरकारको ब्यबहारको बिरोध गर्नुभएको हो ।

खेल्कुद मन्त्रालय, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र खानेपानी मन्त्रालयले बजेट तथा योजनामा कालीकोट, जुम्ला, मुगु, हुम्ला, जाजरकोटको नाम नलिएको भन्दै सांसद बमले संसदमा आक्रोश ब्यक्त गर्नु भएको हो ।

मुगूको रारालमा गएर प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा आफु पहिलो पर्यटक भएको र पर्यटनको बिकासमा महत्वपूर्ण योगदान पुर्याउने भन्दै भाषण गरी ताली खानु भयो । केन्द्रमा आएर रारा कर्णालीको नाम समेत उच्चारण नगरेको आरोप लगाउँदै सांसद बमले कसैले ४४÷४४ वटा योजना लिने, कसैले जिरो पनि योजना नलिएर जाने कुरा नसुहाउने भन्दै आफु भत्ता खान मात्रै आएको नसम्झिन आग्रह पनि गर्नुभयो ।

योजना आफुलाई नभएर जिल्लाको समग्र बिकासलाई समेट्न आग्रह गर्दै कर्णालीको समग्र रुपमा हेर्दा डोल्पामा मात्रै बजेट गएको र यहाँको बिकासले समग्र कर्णालीको बिकास नहुने कुरा स्पस्ट पार्नु भयो । सरकारको हेपाहा ब्यबहारको बिरोध गर्दै चन्द्रागिरी जस्तो सामान्य ठाउँमा ३,४ सय जनाले रोजगारी पाएको, हजारांै जना पर्यटक घुम्न आउने कैयांै सम्भावना भएको कर्णालीलाई किन बहिष्कार सांसद बमले सरकारलाई प्रश्न गर्नुभयो ।