१ वैशाख, काठमाडौं । काठमाण्डौ पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको बताइएकोछ ।
उनीहरुलाई अहिले पाटन अस्पतालमा भर्ना गरिएको छ । उहीहरुमा लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो जस्मा पोजटिभ देखिएपछि पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताउनुभयो । सनसिटी अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु १८ दिनअघि बेलायतबाट आएको बताइएको छ ।
पाँचवटा विल्डिङ्ग गरेको उक्त अपार्टमेण्टको उक्त ब्लकलाई प्रहरीले सिल गरेको छ । तीमध्ये ए बिल्डिङको पाँचौं तलामा बस्नेहरुलाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो । तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसिटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।



Milan Shrestha । १ बैशाख २०७७, सोमबार १८:५३ बजे