३ असार, सुर्खेत ।
सत्तारुड दलका सांसद दुर्गबहादुर रावत उज्जलले सरकार चलाउनेलाई कालीकोट पुग्ने भए भाडा दिउँला, किताब अध्ययन गर्ने भए चस्मा किनिदिउँला भनी ब्यङ्गय गर्नुभएको छ ।
सरकारले प्रस्तुत् गरेको बजेटको बिषयगत छलफलमा बोल्दै सांसद रावतले सरकारले ल्याएको बजेट फिर्ता लिन पनि आग्रह गर्नुभएको छ । आफू भरीया नभएको भन्दै उहाँले मन्त्रीहरुका जिल्लामा बजेट हुने, हाम्रा जिल्लामा किन नहुने ? प्रश्न गर्दै म भारी बोक्ने भरीया होइन, तपाइको बजेत र तपाइका कितावहरु तपाइहरु नै फिर्ता लिनुहोस्, हामीलाई चाहीएन ।
आफूलाई जिल्लामा जाने बाटो नै अबरुद्ध गरीदिएको भन्दै सांसद रावतले कालीकोटमा खानेपानीको एक बाहेक अरु नामै नराखेको आक्रोश मात्र ब्यक्त गर्नुभएन समृद्धिको घोषणा पत्र बिपरीत कार्य सरकारबाट भएको आरोप लगाउनु भयो । हरेक दिन जसो कर्णालीका सांसदहरुले सरकारले वेवास्ता गरेको भन्दै सदनमा आक्रोश पोख्ने क्रमले निरन्तरता पाइरहेको छ ।



Milan Shrestha । ३ असार २०७५, आईतवार १०:०९ बजे