
सुर्खेत, आषाढ १२ । सुर्खेत जिल्ला वीरेन्द्रनगर वडा नं.०७ इत्राम स्थीत दृष्टिविहिन छात्रावासमा रहेका किशोरी तथा महिलाहरुलाई आज(मंगलवार) एक कार्यक्रमको आयोजना गरी सहयोग गरिएको छ ।
उपकार बहुउद्देयीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–१०ले आफ्नो १२ स्थापना दिवसको उपलक्ष्यमा , लायन्स क्लब अफ, सुर्खेत शिबबिहार र सहकरी संस्थाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी छात्रावास र छात्रावास वाहिर बसोवास गर्ने किशोरी र महिलाहरु गरी करिब ३० जना किशोरी तथा महिलाहरुलाई ६ महिना सम्म पुग्ने २७० प्याक सेनिटरी प्याड र १० वटा कुर्चि बितरण गरेको छ ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य सह–संयोजक एवंम् लायन्स क्लब अफ सुर्खेत बुलबुलेकी थर्ड भिपी सीता शर्माले, सेनिटरी प्याडको प्रयोग गर्ने विधि बारे जानकारी दिदै महिनावारी हुदा प्याड प्रयोग गर्ने तरिका र सरसफाई सम्बन्धि पूर्ण जानकारी नहुदा ठुला समस्याहरु देखिने गरेको बताउनु भयो । शर्माले, आफु जिल्लामा महिनावारी सरसफाई सम्बन्धि अभियन्ताकै रुपमा लागेता पनि दृष्टिविहिन क्षेत्रमा आफ्नो ध्यान नपुगेको बताउदै, बाकिं दिनमा दृष्टिविहिन किशोरी तथा महिलाईहरुलाई निशुल्क तालिम दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेपाल नेत्रहिन संघ सुर्खेत परियोजनाकि संयोजक रीता चन्द्रका अनुशार राज्यको पहुंच भन्दा बाहिर कष्टकर जीवन बिताई रहेको दृष्टिविहिनहरुलाई राज्यले सहयोग गर्नुको बदला यसरी गैर सरकारी संघ संस्थाहरुले सहयोग गरेकोमा खुसी व्यक्त गर्दे, अपाङ्गता भएका व्यक्तिहरु मासिक रुपमा भाडामा बसिरहदा पनि राज्यले उनहिरु प्रती चासो नदेखाउनु आफैमा प्रश्न भएकोे बताउनु भयो ।

प्रमुख अतिथि जोन चियर पर्सन लायन्स हरिहर बस्नेतले लायन्स क्लब भन्ने बितिकै धेरैको सोचमा धनि व्यक्तिहरुमात्र सदस्य बन्ने क्लबको रुपमा लिने गरेता पनि पछिल्लो समय मानिसहरु सामाजिक कार्यमा संलग्न हुनका लागि लायन्स क्लवमा आवद्ध हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही समय पहिला लायन्स क्लव प्रति आम मानिसको दृष्टिकोण फरक रहे पनि पछिल्लो समय लायन्स क्लवले गरेका सामाजिक गतिविधि देखेर लायन्समा आवद्ध हुनेहरुको संख्या बढ्दै छ । बस्नेतले, लायन्स क्लबहरुले स्वास्थ्य, शिक्षा, बाल–बालिका, बृद्ध–बृद्धा, वातावरण जस्ता विभिन्न क्षेत्रका कार्य गर्दे आईरहेको र आउने कुरा बताउनुका यस क्षेत्रका व्यक्तिहरुलाई अन्य सहयोगी हातहरु जुटाएर सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष उपकार बहुउद्देश्यीय सहकारी संस्थाका विष्णु बिक्रम जि.सीले सहकारीले वित्तिय संकलन गर्ने र कर्जामात्र लगानी गर्दछ भन्ने सोचाईलाई परिवर्तन गर्नका लागि आफूहरुले उक्त कार्यक्रमको आयोजना गरेका बताउनु भयो, जिसीले हामीले समाजमा रहेका व्यक्तिबाट रुपैया संकलन गर्नुमात्र भन्दा पनि दुखका साथ त्यहि समाजमा बसेका व्यक्तिहरुलाई सहयोग गर्दा उनीहरुले लगानी गरेको क्षेत्रमा अझ विश्वास बढाउनका लागी सो कार्य गरेको बताउनु भयो ।
लायन्स क्लब अफ सुर्खेत शिवबिहारका अध्यक्ष प्रवेशमान मानन्धरको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा अतिथिहरु, डिस्ट्रिीक अफिसर लायन्स मिलन श्रेष्ठ, नेपाल नेत्रिहिन संघ कर्णाली प्रदेशका संयोजक सुरेशकुामार खड्का, सुर्खेत नेत्रहिन संघका उपाध्यक्ष योगन्द्रकुमार शाही, उपकार बहुउद्देश्यीय सहकारी संस्थाका सचिव यज्ञप्रसाद आचार्य, कोषाध्यक्ष हरिजंग शाह, सदस्य रत्ना आचार्य, लेखा–उपसमितीका सदस्य मोहनराज भट्ट, कर्जा उपसमिती सदस्य मोती शाही, लायन्स क्लब अफ सुर्खेत शिबबिहारका निवर्तमान अध्यक्ष लायन्स बालकृष्ण श्रेष्ठ, लायन्स क्लब अफ काक्रेबिहारका अध्यक्ष बिनु भाष्कर, लायन्स क्लब अफ सेरोफेरोका अध्यक्ष लायन्स छविलाल आचार्य, लायन्स क्लब अफ सुर्खेत शिबबिहारका संचार संयोजक केशवराज गिरी, समाजसेवी तिला श्रेष्ठ उपस्थित रहेको कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ सुर्खेत शिबविहारका प्रथम उपाध्यक्ष लायन्स शुभाष श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।




Milan Shrestha । १२ असार २०७५, मंगलवार १५:४४ बजे