सुर्खेत क्याम्पसमा मतदान जारी


सुर्खेत । देशभरीका त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा आज मतदान जारी छ । यसैविच, सुर्खेतका ८ विद्यालयहरु मध्य ७ क्याम्पसहरुमा पनि मतदान जारी रहेको खवर छ । सुर्खेत क्याम्पस शिक्षामा बुधबार विहान ७ बजेबाट शुरु हुने भनिए पनि मतदान ९ बजेबाट शुरु भएको छ । व्यवस्थापनमा ढिलाई भएकाले मतदान गर्न केही ढिलाई भएको निर्वाचन समितिको भनाई छ ।sobiu1

सुर्खेतमा रहेका त्रिभुवन विश्वविद्यालय अन्र्तगतका सात क्याम्पस मध्य अमरदीप क्याम्पस बाहेक सुर्खेत क्याम्पस शिक्षा, जनता बहुमुखी क्याम्पस विद्यापुर, सिम्ता बहुमुखी क्याम्पस राकम, गुर्भाकोट बहुमुखी क्याम्पस सहारे, भेरी शिक्षा क्याम्पस गुमी र हिमशिखर बहुमुखी क्याम्पस रामघाट रहेका छन् ।

यसैविच सुर्खेत शिक्षा क्याम्पसमा सातवटा विद्यार्थी संघ–संगठनहरु   चुनावमा सहभागीता जनाएका छन् । १० स्वतन्त्र विद्यार्थी युनियन पदाधिकारी लागि ५९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सुर्खेत क्याम्पस शिक्षामा एक हजार ८५७ जना मतदाता छन् । मतदान साँझ ५ बजे सम्पन्न हुने स्ववियु निर्वाचन समितिका अधिकृत दिपक सापकोटाले जानकारी दिए । उनका अनुसार मतदान सम्पन्न भएपछि आजै साँझबाट मतगणना शुरु हुनेछ ।साभारः पश्चिम नेपाल ।