इन्जिनियरिङ संकायका विद्यार्थीहरु पुनः आमरण अनशनमा


तस्विरः पुष्प बि.सी.

सुर्खेत, २० असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरु आमरण अनसन सुरु गरेका छन् । विश्वविद्यालयले आफ्ना मागहरुको सुनुवाई नगरेको भन्दै उनीहरुले आजदेखि आमरण अनशन सुरु गरेका हुन् । उनीहरु वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय महाविद्यालयको परिसरमा अनसशन बसेका हुन् । विद्यार्थीहरुले इन्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा प्रयाप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायतका मागहरु राखेर अनशन बसेका हुुन् ।

आफ्ना मागहरु क्याम्पस प्रशासनलाई राख्दा पनि वेवास्ता गरी बार्ता नै नगरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । इन्जिनियरिङ संकायका विद्यार्थीहरु रोशन बस्नेत, मिलन विसी र रतनकुमार शर्मा अनसनमा बसेका हुन् । उनीहरुले १५ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा पनि विश्वविद्यालयका पदाधिकारीहरुले वेवास्ता गरेको भन्दै अनशन बसेको संघर्ष समितिका सदस्य रोशन बस्नेतले बताउनुभयो । उहाँले आफ्ना मागहरु पुरा नभएसम्म अनशनलाई जारी राख्ने बताउनुभयो । विद्यार्थीहरुले भोलिदेखी विश्वविद्यालयमा रहेको सम्पुर्ण सवारीसाधन बन्दगर्ने पनि घोषणा गरेका छन् ।

साभारः जागरण खबर ।