३ बैशाख, काठमाडाैं । लुम्बिनी-कपिलवस्तू दिवस अभियानले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल बारे अझै पनि दिग्भ्रम कायमै रहेको भन्दै भ्रम हटाउन सबै एकजुट हुनुपर्ने बताएको छ ।
अभियानका संयोजक इ. रामकुमार श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी बुद्धको जन्मस्थल लुम्बिनी हो भन्नेमा शंका नहुँदा नहुँदै पनि केही प्राविधिक कारणले विश्वव्यापी दिग्भ्रम कायमै रहेको भन्दै गलत जानकारी मेटाउन लाग्नु पर्ने बताएका हुन् ।
केही देशका पाठ्यपुस्तक, राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका संग्राहलय, बुद्ध मन्दिर र पुस्तकहरुमा नै गलत जानकारी राखिएको भन्दै अभियानले यो समस्या समाधानका लागि परराष्ट्र मन्त्रालय र दूतावासले सकि्रयता लिनुपर्ने बताएको छ ।
दूतावास र मन्त्रालयले एकअर्कालाई हेराहेर गर्नुको साटो समस्या समाधान गर्नका लागि प्रतिस्पर्धा गर्न अभियानले आग्रह गरेको छ ।



साभारः अनलाइनखबर



Prawash Kumar Shakya । ३ बैशाख २०७५, सोमबार ०५:३५ बजे