असार २१, जुम्ला ।
जुम्लामा बिगत पाँच दिन देखि अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । अनसनरत डा. केसी बुधबार दिउँसो बेहोस भएपछि प्रशासनले केसीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेको हो ।
चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा जारी गर्न माग राख्र्दै डा. केसी शनिबारदेखि आमरण अनशनमा बसेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न प्रतिबन्ध लगाए पछि डा. केसी जिल्ला खेलकुद विकास समिति जुम्लाको कभर्ड हलमा अनशन बस्दै आएका थिए ।
गम्भीर बिरामी भएका डा. केसीको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।



Milan Shrestha । २१ असार २०७५, बिहीबार ०७:११ बजे