असार २२ (सुर्खेत) बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि.ले १ दिने बार्षिक केन्द्र प्रमुख गोष्ठी लेकबेसी नगरपालिका ९ गंगटेमा सम्पन्न गरेको छ । उपशाखा कार्यालय गंगटेमा आवद्ध ६० जना केन्द्र प्रमुख र उपप्रमुखहरुको सहभागीता रहेको गोष्ठीमा केन्द्र प्रमुखको काम, कर्तव्य, जिम्मेजारी र आर्थिक सम्बृद्धिका लागी वित्तिय साक्षरताका बारेमा छलफल गरिएको गोष्ठीका मुख्य प्रशिक्षक एवंम संस्थाका वरिष्ठ प्रबन्धक विशाल के.सीले जानकारी दिनु भएको हो ।
कार्यक्रममा संस्थाले स्थापना गरेको सदस्य सुरक्षा कोषमा आवद्ध गंगटे उपशाखा कार्यालय केन्द नं ४१ का मृतक सदस्य भिमा छन्तेलका श्रीमान भिम बहादुर छन्तेललाई सुरक्षा कोष मार्फत दिने राहत रकम १ लाख रुपैया पनि हस्तान्तरण गरीएको थियो ।
गोष्ठीमा व्यवहारीक र इमान्दारीता महिलामा धेरै हुने भएकाले लघुवित्त कार्यक्रम प्रभावकारी भएको भन्दै सुलभ,सरल दरमा घरदैलोमा पाइएको कर्जा सुविधालाई विभिन्न व्यवसायिक काममा लगाइ आत्मनिर्भर बनी महिला दिदिबैनी बौद्ध ग्रामिणका लागी नमुना बन्नु पर्ने संस्थाका सचिव पासाङ महत्तराले बताउनु भयो ।
त्यस्तै लेकबेसी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मान बहादुर खडलुक मगर ले विभिन्न विकसित मुलुकमा सहकार्य गरी काम गर्ने प्रवित्तिका कारण विकासको गति तिब्र रहेको बताउदै आफु आत्मनिर्भर बनी गाँउ समाजलाई सहकारीका माध्यमबाट सहकार्य गरी यस क्षेत्रको विकासमा सहयोग गर्न सदस्य र बौद्ध ग्रामिण संस्थाबाट सहयोगको आशा राख्नु भएको थियो ।



Milan Shrestha । २२ असार २०७५, शुक्रबार १५:१९ बजे