३१ असार, सुर्खेत । सार्वजनिक सेवा प्रवाह र वस्तुको गुणस्तरीयता कायम गर्ने प्रतिवद्धता जनाउदै आज चिगाड गाँउपालिकामा भएको सार्वजनिक सुनुवाइमा विभिन्न ८ बुदे सार्वजनिक प्रतिवद्धता भएका छन् ।
सडकहरुको स्तरउन्नती गर्ने, सबै वडामा सार्वजनिक सुनुवाइ गर्ने, नागरिक वडापत्र, सुचना पार्टी, गुनासो पेटी , श्रावण भित्र योजना पुस्तिका प्रकाशन गर्ने, लक्षित वर्गका कार्यक्रम प्रभावकारी रुपमा योजना सन्चालन गर्ने, शिक्षा क्षेत्रको योजना बनाइ कार्य गर्ने जस्ता प्रतिबद्धता भएका हुन् ।
कार्यक्रमा विगत एक वर्षमा गाँउपालिकाले गरेका कार्यहरुको नागरिक प्रतिवेदन पत्र सर्वे, र वर्हिगमन अभिमत जस्ता कार्यबाट गाँउपालिकाले प्रवाह गरेका कार्यहरुको प्रभावकारिता भएको सर्वेक्षणले जनाएको छ । ५० जना संग गरिएको सर्वेक्षणबाट सो नतिजा आएको हो ।
कार्यक्रममा गाँउपालिका अध्यक्ष देवबहादुर चन्द, प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर खत्री, वडाका सबै वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विभिन्न शाखा प्रमुखहरु समेतले सेवाग्राहीको गुनासोको उत्तर दिदै समृद्ध चिगाडका लागि लागि पर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रम असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेत, सुन्दर नेपाल संस्था र चिगाड गाँउपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमा करिव २५० सेवाग्राहीको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजीकरण हरिप्रसाद अधिकारीले गरेका थिए ।



Milan Shrestha । ३१ असार २०७५, आईतवार १४:५३ बजे