अशोक राजी
०२ पौष, सुर्खेत । सुर्खेतको रामघाट र दशरथपुर जोड्ने भेरी नदीमा पक्की पुलको सिलन्यास गरिएको छ । भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले पुलको सिलन्यास गर्नुभएको हो । शिलन्यास गर्दै मन्त्री लेखकले लामो संघर्षपछी देशले नंया संबिधान पाएको र अब बिकास निर्माणका कामले तिब्रता पाउने बताउनुभयो ।
मुलुकमा भएका राजनैतीक परिवर्तनलाइ संस्थागत गर्दै जनतालाइ बिकासको अनुभुति हुने गरि सरकारले काम गरिरहेको भन्दै मन्त्री लेखकले अवका दिनहरुमा बिकास निर्माणले तिब्रता पाउने बिश्वास गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता एबंम सुर्खेत क्षेत्र नं १ का सांसद पुर्णबहादुर खड्का लगाएतको उपस्थिती रहेको थियो ।



Prawash Kumar Shakya । २ पुष २०७३, शनिबार १८:५९ बजे