विश्व आदिवासी दिवस मनाउन समिति गठन


५ श्रावण, सुर्खेत । २४औ‌ं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस भव्यरुपमा मनाउनकालागि आज सुर्खेतमा पनि तयारी समिति गठन गरिएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकायको अध्यक्षतामा तयारी समिति गठन गरिएको हो ।

कार्यक्रमलाई सफल बनाउनकालागि र्रयाली व्यवस्थापनको संयोजकमा तमु छोंज धीं सुर्खेतका अध्यक्ष गगनसिंह गुरुङ्ग, साँस्कृतिक कार्यक्रम व्यवस्थापनको संयोजकमा फत्तबहादुर सोतीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै दिवसकै रक्तदान गर्नकालागि आदिवासी जनजाती युवा महासंघ सुर्खेतका अध्यक्ष रोशन राना मगरलाई व्यवस्थापनको जिम्मेवारी दिएको छ ।

स्थानीय मंगलगढी चोकबाट पञ्चेबाजा तथा जातिय भेषभुषा सहित र्रयालीले बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको सभाकक्षमा कार्यक्रममा कार्यक्रम हुने जानजाती महासंघ सुर्खेतका उपाध्यक्ष जीवनकुमार शाक्यले बताउनुभयो ।