१ सय ४० जना बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण


कुमार पोखरेल

जेठ २१, रोल्पा ।
त्रिवेणी गाउँपाललिकाले नयाँ शैक्षिकसत्र २०७५ को विद्यार्र्थी भर्ना अभियान द्धारा १ सय १४ बालबालिका भर्ना गरेको छ । जसमा ४५ बालिका र ६९ बालकका साथै ७ जना अपाङ्गता भएका बालबालिकाहरु विद्यालय भर्ना भएका हुन् ।

भर्ना भएका बालबालिकाहरुलाई विद्यालयमा झिकाउन, टिकाइउन, सिकाउन र बिकाउनका (रोजगारी) लागि शैक्षिक सामाग्री समेत सहयोग गरिएको छ । सामाग्री वितरण कार्यक्रम वटै वडा कार्यालयमा आयोजना गरी बैकल्पिक शिक्षा कार्यक्रम, ईट्टा भट्टा बाट फिर्ता भएका, अपाङ्गता भएका र आर्थिक अवस्था अति कमजोर भएका १ सय, ४० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

सामाग्री बितरण कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष कृष्णबहादुर केसीले बालबालिकाको शैक्षिक सुधारमा टेवा पुगोस भनि सामाग्री सहयोग गरीएको र अब जो अविभावकहरुले आफ्ना बच्चाहरु विद्यालयमा भर्ना तथा नियमित विद्यालय पठाउदैनन् त्यस्ता अविभावकलाई गाउँपालिका तथा वडा कार्यालयबाट पाउने सेवा सुविधा बाट बञ्चित गरिने बताउनु भयो ।

जसमा ५९ बालक, ८१ बालिका गरी १ सय ४० जना बालबालिकाहरुलाई झोला, विद्यालय पोशाक, जुत्तामोजा, सुईटर, कापी दुई दर्जन, डट्पेन दुई दर्जन, शिशाकलम, कटर र इरेजर १÷१ दर्जन, ज्यामितिवाकस, दुई पाकेट कलर र पोशाक सिलाई खर्च गरेर प्रति विद्यार्थी ३ हजारका दरले शैक्षिक सामाग्री सहयोग गरिएको एकिकृत परियोजनाका शिक्षा अधिकृत प्रमिला बुढा मगरले बताउनु भयो ।

वडा न. ४ का वडा अध्यक्ष भिमबहादुर खत्रीले शैक्षिक सामाग्री सहयोगले अति आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शैक्षिक गुणस्तर बढाउन ठूलो सहयोग गर्ने बताउँदै यसले वडालाई अनिवार्य तथा आधारभुत शिक्षा लागु भएको वडा घोषणा गराउन सहयोग गर्ने बताउनु भयो ।

त्रिवेणी गाउँपालिकाले जोखिम तथा सिमान्कृत बालबालिकाहरुलाई सहयोग गर्नका लागि पालिकाले १० लाख, सेभ द चिल्ड्रेन र हुरेक बाट ५ लाख, ५० हजार गरी जम्मा १५ लाख, ५० हजारको आपतकालिन कोषको व्यवस्था गरेको पालिकाका अध्यक्ष शान्तकुमार वलीले बताउनु भयो ।
सेभ द चिल्ड्रेन र हुरेक रोल्पाको साझेदारी तथा गाउँपालिका संगको समन्वयमा बालहितका लागि एकीकृत परियोजना दोश्रो चरण सन् २०१७ अगष्ट देखि २०२० जुलाई सम्मको ३ बर्ष योजना संचालन भइरहेको छ ।