पेरिसमा १३ औ नेपाल महोत्सव सम्पन्न (फोटो फिचर)


nepal samelan_france (3)पेरिस । फ्रान्सको राजधानी पेरिसमा १३ औ नेपाल महोत्सव सम्पन्न भएको छ। गत साता जुन ४ र ५ तारिख  नेपाल महोत्सव एवं मेला सम्पन्न भएको हो। सन् २००२ मा स्थापना  भएको नेपाली सांस्कृतिक गृह नामक नेपाली मैत्री संघले मेलाको आयोजना गरेको थियो।

दुई दिने मेला अवधिमा झन्डै तीस स्टलहरु राखिएका थिए । आयोजक संघका सदस्य एवं सवौन विश्वविद्यालयका प्राध्यापक राजेश खतिवडाको संयोजनमा नेपालका विविध क्षेत्रका ज्ञाताहरुद्वारा विविध शीर्षकमा रोचक एवं ज्ञानवर्धक प्रवचन समेत सम्पन्न भएको थियो।

nepal samelan_france (2)मेलामा  हिमाल, पहाड, उपत्यका र तराईका विभिन्न लोक साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । लाखे नाच सहितको कुमारी जात्राले मेलामा सबै ध्यान खिच्न सफल भयो। यस्तै पूर्विय शास्त्रीय रचनामा आधारित ” सिंघिनी कन्सर्ट ” समुहले दुवै दिन कन्सर्ट गरेको थियो।

नेपालवाट झिकाएका हस्तकला, मूर्तिकला तथा पोशाकहरु मेलामा बिक्रि गरिएका थिए। यस्तै,मेलामा राखिएको नेपाली दाल भात सहित विभिन्न नेपाली खानाको स्वाद समेत बिदेशीहरुले लिएका छन्।

विश्व साइकल यात्रीद्वय जनार्दन खनाल र लोक बहादुर कार्कीको उपस्थितिले मेलालाई झन् सोभनीय बनायो। यस्तै,नेपाल जाने र फर्कने हवाईजहाजको टिकेट जित्ने चिट्टा खेलले मेलामा दर्शकहरुलाई थप आकर्षण र कौतुहल पारेको थियो । पेरिस महानगरको १२ औ वडामा अवस्थीत रमणिय भाँसेन बगैचा भित्र मेला सम्पन्न भएको हो।

कुटनीतिक व्यक्तित्वहरुको उल्लेख सहभागिता

नेपाली राजदूतावासको बिशेष पहलसँगै मेलामा कुटनीतिक व्यत्तित्वहरुको उल्लेख सहभागीता रह्यो। मेला उद्घाटन समारोहमा नेपाली महामहीम राजदूत अम्विका देवी मानन्धर लुइँटेल, युनेस्कोकोलागी जापानका राजदूत कुनी सातो,पाकिस्तानका राजदूत, भारतीय दूतावासका प्रथम सचिव धिराज मुखिया,म्यानमारको राजदूत,फ्रेन्च पराराष्ट्र मन्त्रालयका अधिकृत, नेपाली दूतावासका उपनियोग प्रमुख रामवावु ढकाल, स्थानीय नगरपालिकाका प्रतिनिधि, नेपाली तथा फ्रेन्च मैत्री संघका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

nepal samelan_france (1)मेलाको उद्घाटन महामहीम राजदूत लुइँटेल,जापानिज राजदूत सातो, संघका अध्यक्ष एवं फ्रान्सका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि हेमन्त उपाध्यायले संयुक्त रुपमा गरेका थिए।

उद्घाटन पछि राजदूत लुइँटेलले फ्रान्समा नेपाल चिनाउन र नेपालका कला संस्कृतिको साथै पर्यटन अभिवृद्धि गर्न मेलाले ठूलो सहयोग पुर्याउँने बिश्वास ब्यक्त गरिन्।यस्ता किसिमका कायर्क्रमहरु यसरी नै निरन्तरता दिईरहनु पर्नेमा समेत राजदूत लुइँटेलले जोड दिईन्।

साभारः अनलाइन खबर