पत्रकार महासंघ बाकेद्वारा सदस्य रिजाललाई निलम्बन


नेपालगञ्ज, ७ भदौ । नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ ।

महासंघ जिल्ला कार्य समितिको बुधबार बसेको बैठकले पत्रकार रिजालले फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गाली–गलौज गरेकाले निलम्बन गरेको हो । यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षतामा बसेको बैठकले पत्रकार रिजाललाई निलम्बनका लागि केन्द्रमा सिफारिश गरेको थियो ।

महासंघले यसअघि पनि पत्रकार विजय मल्ललाई फेसबुक मार्फत महासंघ र पदाधिकारीविरुद्ध अपमानजनक कुरा लेखेकोमा सदस्यताबाट निलम्बन गरेको थियो ।
साभारः क्वीक खबर ।