सुर्खेत, २४ साउन । जिल्ला प्रशासन कार्यालय सुर्खेतले पेट्रोल पम्प संचालकहरुलाई उपभोक्तावाट तोकिएको भन्दा बढी रुपैया नलिन निर्देशन दिएको छ । पेट्रोल हालेपछि संचालकहरुले विभिन्न वाहान वनाएर खुदा पैसा फिर्ता नदिएको गुनासो आएको भन्दै कार्यालयले उनीहरुलाई यस्तो निर्देशन दिएको हो ।
सुर्खेतका पेट्रोल पम्प संचालकहरुलाई जिल्ला प्रशासन कार्यालयमा वोलाएर तोकिएको भन्दा बढी रुपैया नलिन र खुद्र रुपैया उपभोक्तालाई फिर्ता गर्न निर्देशन दिएको प्रशासनकिय अधिकृत हितप्रसाद पौडेलले वताउनु भयो । वत्ति नभएको वेला पेट्रोल विक्री गर्दा नापतौल विभागले स्वीकृति दिएको लिटरवाट मात्र उपभोक्रालाई तेल दिन पनि निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।
नापतौल कार्यालयले स्वीकृति दिएको लिटरमा नदिएर वोतलहरुवाट पेट्रोल वेच्ने पेट्रोल पम्पलाई कारवाही गर्ने चेतावनी समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ । सुर्खेतका प्रटोल पम्प संचालकहरुले जिल्ला प्रशासनको निर्देशनलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छन ।



Prawash Kumar Shakya । २४ श्रावण २०७३, सोमबार १६:३९ बजे