गजल


                          सुरेन्द्र संज्याल ‘जीवन्त’

आजकाल मेरो संसार अपमान हुँदैछ
अन्तिम युद्ध हाम्रो हानाहान हुँदैछ

म एक्लिए, अलग्गिए, छुटिए आफन्तबाट
उनको जताततै परीचय र पहिचान हुँदैछ

म आफैबाट घिणृत छु, तिरस्कृत छु
उनको चारैतिरबाट गुणगान हुँदैछ

हिजो मात्रै सपनिमा देखेको थिए
म मरेको उनको भोजपान हँुदैछ

एक हुल जन्ती छिर्र्दै थियो उनको आँगनीमा
करोडौंको मालसामान दान हुँदैछ

रास्कोट नगरपालिका १, कालीकोट