हिड मेरा कर्णाली वाइजाउँ, राराताल घुमली
म जन्मेका सुन्दर ठाउँको, वासना सुमली
राराताल त्यस्तरो छ क्या, दुँनीया लल्कुन्या
नजाउँ रारा जान मन छ, जाउ प्रिती सल्कुन्या
अन्त जानै मन लाग्दैन, रारा पल्क्यो भन्या
प्रिती लाउन्या को पावली, जोबन ढलक्यो भन्या
पैदल हिडाई लिन्या होइकी, गाडी चढाउन्छै की
अल्लारेका बुका माया, काइदो छडाउन्छै की
चिल्लो गाडी चढी जाउँला, बाँस बसौंला माम्न
लाई प्रिती छडिन खोज्या, रसी लाउँला थाम्न चित्रसिंह गाँउले
एसमोडको अफ्ठेरो बाटो, दिन्या होकी धोका
केही गरे नछोड्ने होइके, पिरतीका भोका
बाटाको बहाना बनाई कति रुवाउँदी छै
भोक मेट्ने तोइतीयै साधन, क्याप खुवाउँदी छै
कर्णालीको पानी खाउँला, रारा नुवाउला
भन बाज खान मन क्या छ, त्यही चिज खुवाउला
काफल खाली कालिकोटका, स्याउ खाली जुम्लाका
ज्या खुवाया मिठै हुन्ना, तेरा त्यही कुम्लाका
राराका छेवैती बसी, कुम्लो फुकाअम्ला
मिठोमिठो बाँढी खाम्ला, अरु लुकाअम्ला
अरु कोही भेटीन्या हुन्की, कुम्लो खोल्न्या बेला
को जितला को हारला, झल्का तोल्न्या बेला
गहिरा वस्या को देख्न्याछन्, नवसम्ला अल्का
हुँदैनन् कसैका कम्ती, पिरतीका झल्का



Milan Shrestha । ३१ जेष्ठ २०७५, बिहीबार ०२:२७ बजे