फेडवासन पुरस्कारबाट पत्रकार पाण्डे पुरस्कृत


पुरस्कृत पाण्डे

भाद्र १४, सुर्खेत ।

यस वर्षको फेडवासन वास पत्रकारीता पुरस्कारबाट नेपाल पत्रकार महासंघ कालीकोट शाखाका अध्यक्ष तुलाराम पाण्डे सहित चार जना पत्रकार पुरस्कृत भएका छन् ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले दिने फेडवासन पत्रकारिता पुरस्कारबाट पत्रिका बिधाबाट कान्तिपुर दैनिकका उपसम्पादक कालीकोट संवाददाता समेत रहेका पाण्डे सहित रेडियो बिधाबाट रेडियो सगरमाथामा कार्यरत उर्वशी बस्नेत, टेलिभिजन बिधाबाट नेपाल टेलिभिजन बैतडी संवाददाता नरी बडु र अनलाइन बिधाबाट अनलाईन केन्द्र डटकमका राज ढुंगाना पुरस्कृत भएका हुन् ।

महासंघको १६ औँ स्थापना दिवसको अवसरमा राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाईको क्षेत्रमा कलम चलाएको भन्दै नगदसहित चार जना पत्रकारहरुलाई सम्मान गरिएको हो ।

पुरस्कृत पाण्डेले यस अघि सशस्त्र द्धन्दमा उत्कृष्ट काम गरे बापत यदु स्मृती राष्ट्रिय पत्रकारिता पुरस्कार, दलितको पक्षमा कलम चलाए बापत सुवास दर्नाल राष्ट्रिय पत्रकारिता पुरस्कार, गौरी कठायत पत्रकारिता पुरस्कार, कान्तिपुरको उत्कृष्ट पत्रकारिता पुरस्कार, जिल्लाको विकास निर्माणका बिषयमा कलम चलय बापत जिबिस कालीकोट लगायतका सम्मान पाउनुभएको छ ।