
भाद्र १७, सुर्खेत ।
कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले प्रदेशको एकिकृत विकासका लागि विज्ञ समुह गठन गरेको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले कर्णाली प्रदेशको एकिकृत विकासका लागि आबस्यक सल्लाह दिनेगरि विज्ञ समूहको गठन गरेको हो ।
सरकारद्धारा गठित समूहमा जनार्दन शर्मा, वालानन्द शर्मा, डा. सुरेश तिवारी, डा. पुन्य रेग्मी, डा. कृण्णप्रसाद पौडेल, सुरेन्द्र विक्रम शाह, मुक्ती प्रधान, डा. पदम शाही, डा. कुसेन्द्रबहादुर महत र गोविन्द बन्दि रहनुभएको छ । आवश्यकता अनुसार समूहमा सदस्यहरुको नाम थप्न पनि सकिने छ ।
शनिबार अबेर बसेको बैठकले कर्णाली प्रदेश मुद्रण सम्बन्धी विधेयक २०७५ तर्जुमा गर्नका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक सहमति गर्ने, आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेको प्रदेश उद्धार तथा राहत कोष संचालन निर्देशिका २०७५ लाई स्वीकृत गरेको छ ।
मन्त्रीपरिषद बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको ढुङ्गा, गिट्टी, वालुवा, उत्खनन्, क्रसिङ्ग बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधी २०७५ लाई स्वीकृती प्रदान गरेको र प्रदेश सरकारको सार्वजनिक निर्माण र परामर्श सम्बन्धि काम संक्षिप्त कार्यविधिबाट गर्ने निर्णय गरेको कर्णाली प्रदेशका प्रवक्ता एवम् माननीय भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभएको छ ।
Milan Shrestha । १७ भाद्र २०७५, आईतवार १०:०४ बजे