१ लाख राशीको प्रदेश स्तरीय भलिवल प्रतियोगिता रास्कोटमा हुँदै


२ हजार दर्शकले अवलोकन गर्न सक्ने प्याराफिडको निर्माण
कृष्णराज धमाला
चैत्र ७, सुर्खेत ।
रास्कोट यूवा तथा विद्यार्थी सञ्जालले आफ्नो नियमित कार्यक्रम अन्तरगत भलीवलमा सर्बाधिक १ लाख रासीको प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यहि चैत महिनाको २६ गते देखि सञ्चालन हुने राष्टपति रनिंग शिल्ड प्रतियोगिता सम्पन्न गर्न रास्कोट नगरपालिकाले १० लाख रकम सहयोग गरेको राष्टिय खेलाडी जीवन शाहीले जानकारी दिनुभयो ।

नगरपालिकाले गरेको सहयोग रकम बाट यूवा, विद्यार्थीहरुको अगुवाइमा वडीमालिका उच्च माविको खेलमैदानमा २ हजार जना दर्शक अट्ने प्याराफिटको सहितको खेलमैदान निर्माण भइरहेको खेलाडी शाहीले बताउनुभयो ।

अनुदान चाहिन्न बरु खेलकुद पुर्वाधारका लागि राष्कोट नगरपालिकाले लगानी गरोस् भन्ने माग गरेको सञ्जालले रनिंग शिल्ड मार्फत राष्कोट नगरले आफ्नो पहिचान झल्काउँदै बिगतमा रास्कोटलाई हेर्ने दृष्टिकोणमा परीबर्तन ल्याउन रास्कोटवासी एकजुट भएर यो अभियानमा लागेको नगरविकास समिति अध्यक्ष आनन्द शाहीले बताउनुभयो ।

सञ्जालले सरकारी बजेटको मुख नताकी शिबनाथ–देउरामालिका पर्यटकिय मार्ग आझेलमा परेकाले डोजरका लागि चाहिने तेल किन्न चन्दा संकलन गरेर भएपनि बाटो निर्माण गर्ने योजना गरेको उपाध्यक्ष कालीबिक्रम शाहीले बताउनु भयो । उहाँले भन्नुभयो पर्यटकिय मार्ग निर्माण भएसंगै हजारौं रास्कोटवासीको जीवनस्तरमा परिबर्तन आई सुन्दर र समृद्धिको ढोका खुल्ने छ ।

जिल्लाकै पुरानो वडीमालिका उच्च माविको खेल मैदान निर्माण, घेरबार सँगै प्यारासुट निर्माण कार्यले रास्कोटकै शोभा बढाएको प्राचार्य प्रमूलाल न्यौपानेको भनाई छ ।

समृद्ध रास्कोट निर्माणका लागि नगरपालिका प्रमूख काशिचन्द्र बराल, उपप्रमूख मिमसरा बम सहित पालिका परीवार, शिक्षक महासंघका अध्यक्ष पुष्पराज बराल, नगर बिकास समिति अध्यक्ष आनन्द शाही तथा सञ्जालमा आवद्ध विद्यार्थी र यूवाहरुको सक्रियतामा भएको कामको रास्कोटवासीले प्रशंसा गरेकाछन् ।