नाम डिजिटल विद्यार्थीहरुको हरिबिजोग


असोज १४, कालीकोट ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रोजेक्टरको स्विच अन गरेर उद्घाटन गरेको डिजिटल बडिमालिका माबि रास्कोटको पठन पाठन र कक्षाकोठाको स्थिति दयनिय अबस्थामा गुज्रिरहेको छ ।

२०३२ सालमा स्थापना भएको बिद्यालयमा शिक्षक दरबन्दी भरपुर भएपनि न नियमित पढाई हुन्छ न गुणस्त नै छ ।

शिक्षकहरु डिजिटल वाईफाईमा रमाउन ब्यस्त देखिन्छन् भने बिद्यार्थीहरु पनि आआफ्नै तालमा । प्राथमिक तहका विद्यार्थीहरुका लािग कक्षाकोठामा कार्पेट बिछ्याइएको भएपनि कार्पेटमा माटो, फोहोर तथा कागजका टुक्राहरुले भरिएको छ भने दुईजना सहयोगी भएपनि कक्षा कोठा र विद्यालय हाता भित्रको सरसफाइको अबस्था पनि दयनिय नै छ ।

लक्ष्यमा डिजिटल र बालमैत्रि विद्यालय भनिएपनि विद्यालयको स्थित नाजुक रहेको विद्यालयका खेलकुद प्रशिक्षक जीवन शाहीले स्विकार्दै नेतृत्वमा जोस जाँगर नभएको बताउनु भयो । नेतृत्व कमजोर छ, कुरा गरेर मात्रै हुँदैन काम गरेर देखाउने कोही छैन, विद्यालयको अबस्था दिनप्रतिदिन बिग्रदै गइरहेको शाहीको भनाई छ ।