सुनिता बम
आकाश जति बेला
सुनसान जस्तै थियो
तर
गड्गडाहड भने बादल बिनाको थियो !
हो त्यही, समय त्यतिबेला !
असिनाजस्तै गोली बर्सिदा तिमिसँगै थिएँ
मंगलसैनको महासंग्राममा
लानाको महाभारतमा
गराजुको खोचमा
तर त्यो सौभाग्य मेरो भागमा परेन
प्रिय सहिद म तिमिसँंगै अमरत्व
मैले पाउन सकिन
किनकि गोलिहरु सँग म थिए
म सँग गोलि नभए जस्तै गरि
ती गोलिका छर्आहरु मेरो शरीरमा लागेनन् र म घाइते हुन सकिन !
दुश्मनको निसानी
असफल सिद्ध भयो
मृत्युु जितेर दुनियाँ बदल्ने अभियानमा
एउटा यात्री बनेर
रणमैदानको राप र तापसँग
मेरा पाइलाहरु चालिरहँदा
दुश्मन सामु जीवनको भिक्षा मागिन !
बैरीहरुका षड्यन्त्रको मूल्य राखिन !
र पनि
आमा बाको न्यानोपनको प्रवाह गरिन
कलम र किताबसँगको साँइनो
सपनाको सिरानीमा सजाएर
म पनि तिमिसँगै जीवन ममरणको
महाअभियानमा
चाहानाहरुलाई थन्काएर
इच्छा र रहरहरुलाई बन्धकी बनाएर
नयाँ युगको युगिन अभिभारा
क्रान्ति ठान्दै
जनतासँगको जीवन पार्टी अनि नेतृत्व
अविभावक मान्दै
हो तिमिसँगसँगै खारा अनि बेनिमा लडे
म्याग्दी पाल्पा अनि पिलीमा लडे
अपिशैपालको काख हिडे
चुलि अनि जुनीको साथ बढे
तर खै दुश्मनको गोलि
छातीमा लागेन खुट्टामा लागेछ
र म तिमिजस्तै सहिद बन्ने अबसर गुम्यो
प्रिय सहिद,
संग्रहालयमा थन्किनसक्ने कथा थिएन
तिम्रो जीवन र मेरो रगत
अवसरबादीहरुले हडप्ने
जमिन थिएन जनताको पसिना अनि
बलिदानको गाथा
न त भाबी पुस्ताले सुन्ने कहानी नै थियो
महानसमरको गाथा
तिम्रो बलिदानको छातीमाथी
क्रान्ति का मतियारहरुका बुटले किचेको देख्दा
तिम्रो रगत को अहालमाथि
ति कसुर बन्द मानिएकाहरुको आलिसान महल देख्दा
बिरताको गौरवपुर्ण गाथामा
मित्या मानवहरुको रजाई देख्दा
अपमानका बर्षाहरुसँगै झेलिदैछु
बैसागीको सहारामा लर्खरीदै
जीवन जितेर संसार बदल्ने एक यात्रामा !
म यात्री हुँदै छु
प्रिय सहिद,
म गौरवको गाथा बन्न सकिन
किन कि !
मेरा सपनाहरूको हत्या भएको यो सहरमा छु ।
अवसरबादीहरुको आहारा बनिराछु
तिम्रा आत्माहरुको साहारा बनिराछु
हो म तिमीसँगै लडाइँको मोर्चामा थिए ।
त्यो तारे भिरको कहाली लाग्दो चट्टान भित्रको बाँस होस् या
ती सुन्दर नगरी !
रामारोशन, अनि यता बिनायकका हवाई गस्तीमाहोस् ।
या कालीकोट माल्कोट भित्र छिरेका !
संगिनका तिरहरुसँग होस् ।
हो म त्यही थिए र आज मेरो !
कान गुम्यो बहिरो बने
आखा गुम्यो अन्धो बने
खुट्टा गुम्यो लङ्गडो बने
मेरुदण्ड गुम्यो प्यारालाइसेस भएँ
तर गोलिको निसाना चुक्यो सहिद बन्न सकिन !
बिरताको इतिहाँस रच्न सकिन
र त अबसरबादीहरुको रजाइँ निहालेर बसिराछु
गौरबको गाथा बन्न सकिन !
आकाशमा हराएका ताराहरुको खोजी ो यात्रा !
आज यहि घाइते शरीरले धन्न धानेको छु ।
देखिने परिवर्तनको बाटो पटक्कै हिडेकी छैन
म आफूले परिवर्तन गर्ने बाटो अँगालेकी छु ।
सहिद बनिन !
आधा शरीर लिएर परिवर्तनबाट पछि हटिन,
जीवन जितेर सपना बाडेका यात्राहरु
आजपनि उस्तै मानिकी छु र त
लक्ष्यमा पुग्ने साहस बटुलेकी छु ।
जो जीवन घाइते लिएकी छु !
तर सहिद बन्न सकिन
लक्ष्य चुमेकी छु ।
कालीकोट



Milan Shrestha । २० आश्विन २०७५, शनिबार ०६:३७ बजे