गजल


                                     रत्नकमल बिष्ट
तिमी शहरमा छौ म गाउमा खाना फरक छ
यहाँ तिमीले र मैले लगाउने नाना फरक छ

घरमा बाबाले सँधै यस्तो अर्ति दिइरहनु हुन्छ
होसियार रहनु है छोरा यो जमना फरक छ

ए मित्र तिमीले मलाई बुझाउनु केही नि पर्दैन
अरे मित्र तिम्रो मेरो बिल्कुल सपना फरक छ

ए हजुरौ मत गाँउले हँु सुदुर गाँउमै बसेको छु
तिमि बस्ने अनि म बस्ने हाम्रो छाना फरक छ

म लोक सँस्कृतिलाई जोगाउने अभियानमा छु
अबश्य तिमीले सुन्ने मैले सुन्ने गाना फरक छ

नरहरिनाथ गाँउपालीका लालु ८, सुन्दर कालीकोट