यसरी बनाऔं घरमै ‘ब्रेड र बटर पुडिङ ‘


bread-puddingविहान के ब्रेकफास्ट खाने भन्ने सोंचमा हुनुहुन्छ ? कहिलेकाहीं अलि विशेष स्वादको केही खान पाए त्यही पनि आफैले घरमा बनाएर कति मज्जा हुन्थ्यो होला भन्ने पनि लाग्दो हो । त्यसो भए आउँनुहोस् यसपटक घरमै ब्रेड र बटर पुडिङ बनाएर खाऔं ।
आवश्यक सामग्री :

८ पिस पाउरोटी
१ लिटर दूध
२ सय ग्राम चिनी
२ चम्चा बटर
६ वटा अण्डा
२ थोपा भेनिला एसेन्स
इच्छाअनुसार ड्राइफ्रुटहरू

बनाउँने विधि :

चाहिए जति ब्रेड लिएर पातलो गरी काट्ने र भाँडोमा राखेर बेस बनाउने । त्यसपछि दूधमा चिनी, अण्डा र भेनिला एसेन्स हालेर फिट्ने । सबै चीज मिसाइएको दूधलाई भाँडामा राखिएको ब्रेडमाथि खन्याउने । त्यसपछि आफूलाई मन परेका ड्राइफ्रुट काजु, ओखर, बदाम, पिस्ता आदि हाल्ने । १ सय ५० डिग्री सेल्सियस तातेको ओभनमा पकाउने । पकाउने भाँडा पानी भएको ट्रेमाथि राख्ने ।

साभारः हिमालयन कंगारु अनलाइन