भेज स्प्रिङ रोल


02092016010102_MG_9881-600x0सामग्री :

अण्डा २ वटा, कर्नफ्लोर ६० ग्राम, नुन स्वादअनुसार, नुडल्स २० ग्राम, गाजर, क्याप्सिकन, प्याज ३० ग्राम ।

विधि :

अण्डा र कर्नफ्लोरलाई नुन हालेर घोल्ने । राम्रोसँग मिसिएपछि पातलो तावामा अण्डा र कर्नफ्लोर मिक्स पातलो गरिहाल्ने । यसरी स्प्रिङ रोलको लेयर तयार भएपछि उसिनेको नुडल्स तथा भेजिटेबललाई मसिनो गरी काटेर तयार लेयरमा हाली रोल गर्ने । यो रोललाई तातो तेलमा डिपफ्राइ गर्नुपर्छ ।

साभारः नारी