देउती नागरिकले काठ्माण्डौकालागि रात्री बस सेवा शुरु गर्दै


२८ कार्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्थापित देउती नागरिक यातायात प्रा.लि. ले भोली २९ गते (विहिवार) देखि सुर्खेत देखि काठ्माण्डौंकालागि स्तरिय रात्री बस सेवा शुरु गर्ने भएको छ ।

यात्रुवर्गको माग र आरामदायितालाईमा ध्यानमा राख्दै देउती नागरिकले काठ्माण्डौ सम्मकालागि कर्णाली प्रदेशमा नै पहिलो पटक सुविधासम्पन्न लचकदार एसी जडित रात्री बस सेवा शुरु गर्न लागेको प्रा.लि.कालागि अध्यक्ष कमल खड्का “जुनी”ले बताउनुभयो ।

सुर्खेतबाट काठ्माण्डौकालागि दिउँसो ३.४५ र ४.४५ बजे र काठ्माण्डौबाट सुर्खेतकालागि दिउँसो ३.३० र ४.४५ बजे बस छुट्ने अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

भोली २९ गतेकालागि अग्रिम टिकक बुकिङ्ग समेत भैसकेको प्रा.लि. सचिव रमेश खड्काले बताउनुभयो ।