एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष मजबुत बन्दै, बीमा कोषमा करिब १४ करोड संचित


मंसिर । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६८ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३ करोड ३७ लाख रुपैयाँले बढी हो । गत वर्ष ५४ करोड ८६ लाख रुपैयाँ दुख बीमा शुल्क आर्जन गरेको थियो ।
एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले छिट्टै हकप्रद सेयर जारी गरि बिमा समितिले तोकेको २ अर्ब चुक्ता पुंजी कायम गर्ने योजना बनाएको छ, भने जगेडा कोषमा २६ करोड ६८ लाख रुपैयाँ, जीवन बीमा कोषमा १३ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ संचित छ ।
कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट २८ करोड ५७ लाख रुपैयाँ र बीमालेख धितो कर्जामा ९५ करोड ८६ लाख रुपैयाँ लगानी गरेर ९२ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले समीक्षा अवधिमा एक करोड ६९ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले एक करोड ५८ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

हाल सम्म कायम २ लाख १९ हजार ६३९ बीमालेखबाट कम्पनीले कुल १६ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले तीन हजार २९१ वटा दाबीका लागि ९४ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ८६ दाबी वापत एक करोड ७० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।
साभारः ईन्स्योरेन्स खबर ।