साउन २३ , सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर घोषणा भईसकेपछि नगरभित्र के–के नै होला भन्ने आशा गरेका नगरवासीको सडक, खानेपानी, र बत्तिको दुर्दशा देख्दा आशा निराशामा परिणत भएको छ ।
प्रदेशका मन्त्रालयदेखि मुख्य कार्यालयहरु जाने बाटो कहिँ खाल्डा खुल्डी त कहिँ हिलोले सम्मै छ । विशेषगरि सामाजिक विकास मन्त्रालयको नजिक पर्ने वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ आँखा अस्पतालबाट उत्तर पश्चिम क्षेत्रमा पर्ने कटकुवा स्वास्थ्य चौकी अगाडीको सडकमा खाल्डो परि हिलाम्मे भएको छ । नगरपालिकाले एक टिप्पर ग्रावेल हाल्न कन्जुस्याईं गर्दा सडक दुर्घटनाको जोखिम बढेको छ । नगर सफा र हराभरा बनाउने नारा बोकेको वीरेन्द्रनगर यतिबेला सडकका खाल्डा पुर्न बजारमा संकलन गरेको फोहोर थुपार्ने गरेको छ ।
वर्षायाममा सडक अलिअलि हिलो र धुलो हुनु त स्वभाविकै हो तर नगरपालिकाले खाल्डो पुर्ने वाहनामा थोरै माटो र धेरै फोहोर थुपारेर बाटो अवरोध गरेको छ । कम्तिमा पनि खाल्डोमा माटो थुपारिसकेपछि सम्माउने कार्यसम्म गरिदिएको भए उक्त कार्यको औचित्य रहने थियो होला ।
बिहानै मर्निङ्ग वाल्कमा कर्णाली प्रदेशका सांसदहरु हिड्ने बाटोको यो हालतमा सम्बन्धित निकायमा जानकारी गराई काम गर्न लगाउनु त कहाँ हो कँहा आफु नै बाटो तर्केर हिड्ने गरेको पाइएको छ । दुल्लुखबरबाट



Milan Shrestha । २३ श्रावण २०७५, बुधबार ०५:३१ बजे