समूह विजेता बन्दै मिस वर्ल्ड उपाधि नजिक श्रृंखला,


 

मंसिर,१६ काठमाडौं । हालै चीनमा भइरहेको मिस वर्ल्डको उपाधि नजिक पुगेकी छन्, श्रृंखला खतिवडा । समूह विजेता बन्दै श्रृंखला सेमिफाइनल प्रवेश गरेकी हुन् । प्रतियोगीताको १३ औं समूह विजेता बन्दै उनी सेमिफाइनल राउन्डका लागि छानिएकी छन् । छानिए पश्चात आफ्नो फेसबुकमा एक भिडियो सार्बजनिक गर्दै सम्पुर्णलाई धन्यवाद दिएकि छिन । सो भिडियोमा उनले मल्टिमिडिया अवार्डको लागि अझै भोट आवस्यक रहेको बताएकी छिन ।
मल्टिमिडिया अवार्डको लागि शृंखलालाई भोट गर्न डिसेम्बर ८ सम्म समय रहेको बताएकी छिन । अन्तिम २० जनासँग अब उनले प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ । मिस नेपाल श्रृंखला ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बनेकी थिइन् । अब अन्तिम १० जनाका लागि उनले प्रस्तुतीको तयारी गरेकी छन्, जसको लागि आफु पुर्ण रुपमा तयारि भएको जनाएकी छिन ।
उनले भनेकी छन्, ‘तपाईहरूका कारण यहाँसम्म पुगेकी हुँ, मल्टिमिडिया अवार्ड बाँकी नै छ ।’ समूह १३ मा रहेकी उनी ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै फाइनल राउन्डमा प्रवेश गरेकी हुन् । उनीसँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका छन् । छोटो भिडियो र त्यसपछि ६ जना प्रतिस्पर्धीबीच सवाल जवाफ गरिएको थियो । उनले पाएको मत र दिएको जवाफका आधारमा उनी छनौट भएकी हुन् ।
साभारः डिथ्री खबर ।