कांग्रेसको प्रशिक्षण सम्पन्न


मंसिर २२, सुर्खेत ।

नेपाली काँगे्रस क्षेत्र नं १ को आयोजनामा गुर्भाकोट नगरपालिका स्तरीय प्रशिक्षण शिविर संचालन गरिएको छ । शिविरमा विगतमा नेपाली काँगे्रसले गरेका काम, उसको सिद्धान्तबारे कार्यकर्तालाई प्रशिक्षित गरिएको नेपाली काँग्रेस सुर्खेतका नारायण सापकोटले जानकारी दिए ।

उनले पार्टीले गरेको काम र संगठन विस्तारको सम्बन्धमा कार्यकर्तालाई जानकारी गराएर संगठन परिचालन गर्न शुरु गर्न थालिएको जानकारी दिए । सापकोटाले दिएको जानकारी अनुसार वर्तमान संविधान, संविधान उल्लेखित हकअधिकार, स्थानीय सरकारको हकअधिकार तथा कानूनका सम्बन्धमा नारायण सापकोटा, नेपाली काँग्रेसको इतिहाँस र नेताहरुले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा जिल्ला सदस्य गोविन्द कोइरालाले प्रशिक्षण दिएका थिए । त्यसैगरी प्रदेश सरकारले गरेका विकासमा बर्तमान सरकारले गरेका काम त्यसमा काँगे्रसको भूमिकाबारे नरेश ढकालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा गुर्भाकोट नगरका नेता तथा कार्यकर्ता एकताबद्ध भइ संगठनमा लाग्न क्षेत्रीय सभापति खड्क पोखरेलले आग्रह गरे । उक्त कार्यक्रममा स्थानीय तहको वजेट, कर प्रणाली, स्थानीय सरकारको समीक्षा र भावी योजनाका बारे प्रमुख हस्त पुन र उपप्रमुख मैन विकले प्रशिक्षण दिएका थिए । साविक साहरे लालवहादुर पुनको सभापतित्व, जिल्ला उपसभापति टेकबहादुर सिंहको प्रमुख आथित्यता र कर्णाली प्रदेशका सांसद अमृता शाहीको विशेष आथित्यतामा प्रशिक्षण सम्पन्न भएको हो ।