युरोपकै व्यस्तमध्येका एक मानिने टर्कीको इस्तानबुलस्थित मुख्य विमानस्थलमा गरिएको एउटा आत्मघाती बन्दुक र बम हमलामा कम्तीमा ३० जनाको ज्यान गएको छ। आक्रमणमा ६० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्।
आटुटर्क अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको उक्त हमलामा ३ जना आक्रमणकारी संलग्न रहेको बताइएको छ। प्रवेश विन्दुलाई निशाना बनाएका उनीहरुमध्ये एकजनाले कालाश्निकोभबाट गोली प्रहार गरिरहेको देखिएका थिए।
विस्फोट

सामाजिक सञ्जालमा आएको एउटा भिडियो फुटेजमा प्रहरीले एकजना आक्रमणकारीलाई गोली चलाएको जस्तो देखिन्छ र घाइते भएर भूइँमा लडिरहँदा उनले आत्मघाती ‘भेष्ट’ विस्फोट गराएको जस्तो देखिन्छ।
हमलापछि विमानस्थलका सेवाहरु बन्द गरिएका छन् र मानिसहरुलाई विमानस्थलबाट टाढै रहन भनिएको छ। टर्कीमा पछिल्ला समय गराइएका आक्रमणहरुमा कुर्दिश पृथकतावादी वा तथाकथित इस्लामिक स्टेट समूहको संलग्नता हुने गरेको बताइन्छ।
बीबीसी संवाददाता मार्क लोवेनका अनुसार पछिल्लो आक्रमण योजनाबद्ध देखिन्छ।
साभारः विविसी



Prawash Kumar Shakya । १५ असार २०७३, बुधबार ०१:५५ बजे