दिल्लीबाट काठमाडौं आउन लागेको नेपाल एयरलाइन्सको बिमानमा बम रहेको हल्ला


४ चैत, काठमाडौं । भारतको नयाँदिल्लीबाट काठमाडौं आउन लागेको नेपाल एयरलाईन्सको बिमानमा बम रहेको हल्ला चलेपछि बिमानमा चेकजाँच भइरहेको छ ।
नयाँदिल्लीबाट काठमाडौं आउनुपर्ने नेपाल एयरलाइन्सको आरए-२०६ बिमानमा बम भएको हल्ला चलेको हो ।
भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलबाट उडान भर्न लागेका बेला बम रहेको हल्ला चलेपछि यात्रुलाई ओरालेर बिमान चेकजाँच भइरहेको बताइएको छ ।
बम रहेको भनिएको बिमानमा भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएर जाँच गरिरहेको छ ।
बिमान दिउँसो १२ः४० मा काठमाडौं आइपुग्नुपर्ने थियो ।

साभारः अनलाइन खबर