सुर्खेतमा रहेका एनालग केवल टेलिभिजन बन्द


७ पौष, सुर्खेत । सरकारले कर्णाली प्रदेशको राजधानीमा रहेका सबै एनालग केवल टेलिभिजन आज (शनिवार) बाट बन्द गराएको छ ।

सरकारले साउन १ गतेबाट कतै पनि एनालग माध्यमबाट टेलिभिजन प्रशारण नहुने बताए पनि सुर्खेतमा भने एनालग केवल टिभी चलिरहेको थियो ।

डिजिटल प्रविधिमा च्यानल हेर्न ग्राहकले सेटअप बक्स राख्नुपर्ने हुन्छ। विभिन्‍न प्रसारण केन्द्र र माध्यमबाट पठाइएको सिग्नललाई सेटअप बक्समा रहेको रिसिभरले रिसिभ गरेपछि टीभीमा च्यानल हेर्न सकिन्छ।

सरकारले राष्ट्रिय प्रसारण नियमावलीलाई संशोधन गर्दै २०७४ वैशाख १५ देखि महानगरपालिका, कत्तिक १५ देखि उपमहानगरपालिका र नगरपालिकाबाट र बैशाख १५ बाट एनालग प्रणालीमा प्रसारण भईरहेका टेलिभिजनलाई डिजिटल प्रणाली लैजाने निर्णय गरेको थियो ।