प्रदेश सरकारले पीडित खाडा परिवालाई ५ लाख नगद र आवास निर्माण गर्ने



पौष १४, सुर्खेत ।

कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले कालीकोट जिल्लाको पलाता गाँउपालिका वडा नंं. १ न्यौपानेखाडामा २०७५ पौष ८ गते राती २ वजे भएको आगजनीको घटना र त्यसवाट भएको ठुलो आर्थिक तथा भौतिक क्षतिप्रति प्रदेश सरकारको तर्फवाट दुख प्रकट गर्दै सो घटनाका घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना ब्यक्त गरेको छ ।

सुक्रबार सम्पन्न ३२ औं मन्त्रीपरिष बैठकले पीडितहरुका लागि प्रदेश सरकारको तर्फवाट प्रति परिवार २० हजार नगद तथा अन्य राहतसामाग्री उपलब्ध गराइएको, अग्नीपिडितहरुको उद्धार, अस्थायी वसोवास, खाद्यान्न, लत्ताकपडा लगायत आर्थिक तथा भौतिक सहयोग गर्ने संघीय सरकार, गृहमन्त्रालय, स्थानीय सरकार, राजनैतिक दल, गैरसरकारी संघसंस्था र सहयोगी व्यक्तिहरुलाई प्रदेश सरकारको तर्फवाट हार्दिक आभार तथा धन्यवाद प्रकट समेत प्रकट गरेको छ ।

सम्पन्न बैठकले आगलागिवाट पीडित परिवारहरुको पुनस्र्थापनाका लागि अग्नीपीडित परिवार पुनस्र्थापना कार्यक्रम संचालन गर्ने, अग्नीपीडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रति घरपरिवार रु. ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गर्दै सो कार्यक्रम अन्तरगत अग्नीपीडितहरुको आवास निर्माणमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी संघ संस्था र व्यक्तिहरुलाई प्रदेश सरकारले आवश्यक समन्वय तथा अपिल गर्ने पनि निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय विमला केसीले पत्रकार सम्मेलनमा जानकारी दिदै अन्तरप्रदेश समन्वय परिषदको मिति २०७५ पौष ३ गतेको वैठकले स्वीकृत गरेको संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने निर्णय गरेको र सामाजिक विकास मन्त्रालयको प्रस्ताव वमोजिम प्रदेश सरकार मातहतका जिल्ला अस्पताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यमा निम्न व्यक्तिलाई मनोनयन गर्ने निर्णय गरेको बताउनुभयो ।

अस्पताल र पदाधिकारीहरुको नाम यसप्रकार छ

1,  प्रदेश अस्पत्ताल सुर्खेत श्री श्यामलाल कँडेल अध्यक्ष वीनपा ४, सुर्खेत
2,  प्रदेश अस्पत्ताल सुर्खेत श्री हरिमाया शर्मा सदस्य वीनपा १० सुर्खेत
3, जिल्ला अस्पत्ताल सल्यान श्री दामोदर गौतम अध्यक्ष शारदा नपा ७ सल्यान
4,  जिल्ला अस्पत्ताल मुगु श्री पारसमणी मल्ल अध्यक्ष छायानाथ रारा नपा १, मुगु
5,  जिल्ला अस्पत्ताल डोल्पा श्री तेजेन्द्रवहादुर रोकाय अध्यक्ष ठुलीभेरी नपा १, डोल्पा
6,  जिल्ला अस्पत्ताल हुम्ला श्री छेपाल दोर्जे लामा तामाँग अध्यक्ष नाम्खा गापा ४, हुम्ला
7,  जिल्ला अस्पत्ताल कालिकोट श्री सरोज वोगटी अध्यक्ष मान्माखाडाचक्र नपा २, कालिकोट
8,  जिल्ला अस्पत्ताल दैलेख श्री लोमन शर्मा अध्यक्ष नारायण नपा १० दैलेख
9, जिल्ला अस्पत्ताल जाजरकोट श्री धर्मशिला वस्नेत अध्यक्ष छेडागाड नपा १३ जाजरकोट
10,  जिल्ला अस्पत्ताल रुकुम श्री सुन्दर वली अध्यक्ष त्रिवेणी गापा १, रुकुम पश्चिम
11,  जिल्ला अस्पत्ताल मेहलकुना श्री मानवहादुर खत्री अध्यक्ष गुर्भाकोट नपा १०, सुर्खेत
12,  सुर्खेत आयुर्वेद औषधालय सुर्खेत श्री ओमवहादुर वोहरा अध्यक्ष वीनपा ४, सुर्खेत
13,  जुम्ला आयुर्वेद औषधालय, जुम्ला श्री मनोज वुढाथोकी मगर अध्यक्ष चन्दननाथ नपा ५, जुम्ला