सेना दिवसमा महिला जेसीजद्वारा खानेपानी वितरण


१९ फागुन, सुर्खेत । “Empower woman to become empowered society it self” को नारा लिएर सामाजिक सेवामा होमिएको सुर्खेत महिला जेसीज २०२२ले सेना दिवस (Unity Run 2078) को अवसरमा खानेपानी वितरण गरेको छ ।

सुर्खेत महिला जेसीजले सेना दिवसमा सञ्चालित दौड प्रतियोगितामा खेलाडीहरुकोलागि खानेपानी वितरण गरेको हो । सुर्खेत महिला जेसीज बर्ष २०२२का अध्यक्ष मनिषा कौशलको अध्यक्षतामा वीरेन्द्रनगरको मंगलगढी चोकमा कार्यक्रम सम्पन्न भएको थियो ।

स्मरण रहोस महाशिवरात्रीका दिन हुने सेना दिवस वीरेन्द्रनगरमा कर्फ्यू लागेको कारणले आज सम्पन्न भएको थियो ।