
काभ्रे । काभ्रेको पाँचखाल–६, बख्रेल्डीहीमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आयोजनामा विभिन्न केन्द्रहरुमा वित्तिय साक्षरता कक्षा सम्पन्न भएको हो । वित्तीय समावेशीकरणलाई बढवा दिई समुदायमा बैकिङ तथा वित्तीय सेवाको पहुच विस्तार गर्ने नेपाल राष्ट बैकको नीतिलाई आत्मसातगर्दै कार्यक्रमको आयोजना गरिएको थियो ।
समुदायमा पैशाको महत्व वुझ्न तथा त्यसको उचित व्यवस्थापन गर्न सक्ने सीप तथा क्षमता अभिवद्धि गर्न कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा यसलाई निरन्तरता दिने संस्थाका कार्यकारी प्रमुख पवन कुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा वित्तिय साक्षरताको परिचय, बचतको अवधारणा तथा लक्ष्य निर्धारण, ऋणको अवधारणाका वारेमा जानकारी गराइएको थियो । यस्तै ऋण योजना, जोखिमको असर एंव न्यूनीकरण, सुरक्षित बैदेशिक रोजगरी तथा विप्रेषण सेवा, लघु व्यवसाय तथा व्यवसाय विस्तार तथा विविधीकरण, खर्चको प्राथमिकता, चुहावट रोकथाम र पारिवारिक बजेट लगायतका विषयहरुमा छलफल गरिएको संस्थाको विभागीय प्रमुख विश्व श्रेष्ठले जानकारी दिनुभयो । वित्तिय साक्षरता कार्यक्रम जिवन उपयोगी रहेछ यसलाई व्यवहारमै कार्यान्वयन जोड दिन सके जिवनमा ठुलै परिवर्तन ल्याउन सकिने रहेछ केन्द्र प्रमुख कल्पना हुमागाईले वताउनुभयो । यसको व्यवहारिक कार्यान्वयनमा केन्द्रका सवै महिला दिदी वहिनीहरु लागि पर्ने प्रतिवद्धता कार्यक्रममा सहभागीहरुले गर्नु भएको थियो ।
संस्थाको विभागिय प्रमुख विश्व श्रेष्ठको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको सहजीकरण विभागीय प्रमुखहरु युवराज पौडेल, सन्तोष थापा र शाखा प्रवन्धक दिल वहादुर मगरले गर्नु भएको थियो । कार्यक्रममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।



Milan Shrestha । १० जेष्ठ २०७६, शुक्रबार १९:०८ बजे