
२६ पौष, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले नगर कै ऐतिहासिक पर्यटकिय वडा, वडा नं ९ मा वीरेन्द्रनगरको गुरुयोजना अनुसार नगरपालिकाको मापदण्ड अनुसार विस्तारहुन लागेको सडकको सिमाङ्कन अन्तिम चरणमा पुर्याएको छ ।
वीरेन्द्रनगरको ४ लेन सडकको मंगलगढीबाट लाटीकोइली शिव मन्दिर सम्म २५ मिटर सडकको सिमाकालागि नगरपालिकाका प्राविधिक र वडा अध्यक्ष सुरेश मानन्धर लगाएतको टोलीले २५ पौषबाट सडक सिमाङ्कन शुरु गरेको हो ।
वडाको विकासकालागि वडा अध्यक्ष मानन्धरले सम्पूर्ण वडाबासीलाई दत्तचित्त भएर सडकको मापदण्ड भित्र रहेको आआफ्नो घरटहरा हटाई सहयोग गरिदिनहुन अनुरोध गर्नुभएको छ ।
नगरपालिकाले यही पौष १ गतेबाट ३५ दिने सूचना जारी गरि सडकको मापडण्ड अनुसार घरटहरा हटाउन अनुरोध गरेको छ । यदी कोहीकसैले सूचनालाई अटेर गरेमा नगरपालिकाले आफै हटाउने र त्यस्तो क्षतीको जिम्मेवार नगरपालिका नहुने जनाएको छ ।





Milan Shrestha । २६ पुष २०७५, बिहीबार २०:१८ बजे