कर्णाली प्रदेशको संसद निमावली पारित


मिलन श्रेष्ठ
सुर्खेत, चैत २० ।
कर्णाली प्रदेशको प्रदेश सभा संसद निमावली पारित भएको छ । आज (मंगलवार) बसेको प्रदेश सभाको बैठकले सर्वसम्वति रुपमा संसद निमावली पारित गरेको हो । निमावलीमा ८ अनुसुचि, २ सय २२ नियम र २६ वटा परिच्छेद रहेका छन् ।
संसद निमावली मस्यौदा समितिका सभापति सिता नेपालीले शंसोधन सहित बैठकमा मस्यौदा पेश गर्नुभएको थियो । उक्त मस्यौदा वैठकले सर्वसम्मत पारित गरेको हो ।
वैठकमा भाग लिँदै महिला संसादहरुले लैगिंक मैत्री हुनपर्ने भन्दै समितिको सभापतिमा राखेको भन्दै अध्यक्ष राख्नुपर्ने सुझाव दिएका थिए । त्यसै अनुसार समितिका संयोजक सिता नेपालीले शंसोधनमा अध्यक्ष राखिएको, विधेयक माथि सैद्धान्तिक छलफल गरी शंसोधन दर्ताका लागि ७२ घण्टा समय तोकिएको जानकारी दिनुभयो ।
यो निमावलीमा ४ वटा विषयगत समितिको व्यवस्था गरिएको छ । विधान तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति गठन गर्न सकिने व्यवस्था पनि गरिएकोे छ ।
यस्तै निमावलीमा विषयगत समितिहरुको बैठक बस्नका लागि ५० प्रतिशत उपस्थित हुनुपर्ने पनि व्यवस्था गरिएको छ ।
निमावलीको अनुसुचि ८ मा कर्णाली प्रदेशको लोगोमा महिला र पूरुषको हत्केला माथि पृष्ठभागमा प्रदेशको नक्सा र नक्सा माथि झण्डा राखिएको र तल फेदमा कर्णाली प्रदेश सभा सदस्य लेखिएको हुनेछ भन्ने व्यवस्था गरिएकोमा सांसदहरुले हत्केला कसको हो भनेर थाहा नहुने भएकाले अरु जनावरको चित्र अवथा अरु केही राख्न सुझाव दिएका थिए । मस्यौदा समितिको संयोजक सिता नेपालीले लोगो कस्तो राख्ने भन्ने विषयमा कार्यव्यवस्था समितिमा छलफल गर्ने गरी शंसोधन गरिएको जानकारी दिनुभयो ।