नवनिर्वाचित महामन्त्री र उपप्रमुखद्वारा मतदान स्थल सरसफाई


१९ मंसीर, सुर्खेत । सुर्खेत जिल्लामा जारी नेपाल काँग्रेसको विभिन्न तह तथा प्रदेश अधिवेशन सकिएको छ ।

कर्णाली प्रदेश अधिवेशनमा विजयीहुनुभएका नेपाली काँग्रेस कर्णाली प्रदेशका नवनिर्वाचित महामन्त्री निरञ्जन केसी, खुला महिला तर्फमा विजयीहुनु भएकी भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य लगाएतका नेता तथा कार्यकर्ताहरुले आज सुर्खेतमा काँग्रेसको मतदान स्थल सरसफाई गरेका छन् ।

यस भन्दा अगाडी विभिन्न पार्टीहरुको अधिवेशन स्थल अधिवेशन सकिएपनि फोहर छरप्रष्ट भैरहेको अवस्थामा नेपाली काँग्रेसले अधिवेशन स्थल सरसफाई गरेर नमुनाको काम गरेको छ ।

नेपाली काँग्रेस वीरेन्द्रनगरका नगर सभापति उपेन्द्र बहादुर खड्काले यसैगरि नगर सरसफाई अभियानलाई निरन्तरता दिने बताउनुभयो ।