
२९ पौष, सुर्खेत । कर्णाली प्रदेशमा विषेश चर्चित समाजिक सञ्जाल फेसबुकको ग्रुप मोटे ग्याङ्ग नेपालले आज (आइतवार) सुर्खेतमा रहेको शिद्ध बालबहिराको विद्यालयमा महिनावारिका सुरक्षित आदतहरु सम्बन्धी सचेतना एवं सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
मोटे ग्याङ्ग नेपाल ग्रुपका एडमिन कुमार सम्सेर थापाले अपाङ्गता भएका छात्राहरुलाई महिनावारी तथा महिनावारीका वेला गर्नुपर्न सरसफाई बारेमा जानकारी दिएको बताउनुभयो ।

कार्यक्रममा स्वास्थकर्मी उर्मिला चन्दले स्वास्थ र सरसफाईका बारेमा छात्राहरुलाई जानकारीदिनुभएको थियो ।
कार्यक्रममा मोटे ग्याङ्ग ग्रुपका सकिय सदस्यहरु सरिताभक्त भण्डारी , विनय भण्डारी, ज्योति कार्की र कृति गुभाजु शाक्यको आर्थिक सहयोगमा छात्राहरुलाई ४५ थान सेनेटरी प्याड हस्तान्तरण गरेको ग्रुपका एडमिन कुमार सम्सेर थापाले बताउनुभयो ।
कार्यक्रमलाई सफल बनाउनुहुने ग्रुपका १९ हजार सदस्यलाई एडमिन थापाले धन्यवाद दिनुभएको छ ।




Prawash Kumar Shakya । २९ पुष २०७५, आईतवार १६:५३ बजे