
जेठ १९, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित बीरेन्द्रचौकमा स्व. राजा बीरेन्द्रको शालिक पुनस्र्थापना गर्न हस्ताक्षर अभियानको थालनी गरीएको छ । राजपरिवार हत्याकाण्ड भएको दिनको अबसर पारेर हस्ताक्षर अभियानको थालनी गरीएको हो ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला कार्य समिती सुर्खेतले शोक सभा सहित बीरेन्द्रचोकमा पुन स्व. राजा बिरेन्द्रकै शालिक स्थापनाका लागि हस्ताक्षर संकलन अभियान थालीएको हो ।
स्व. राजा बीरेन्द्रको शालिक पुनस्र्थापनाको लागि हस्ताक्षर संकलन गरी ध्यानाकर्षण गरेपछि पनि कुनै सुनुवाई नभए चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु सार्बजनि गरी आन्दोलनमा उत्रिने राप्रबिसका प्रदेश संयोजक प्रेम बिसीले जानकारी दिनुभयो ।
Milan Shrestha । १९ जेष्ठ २०७५, शनिबार १०:२५ बजे