
माघ २५,सुर्खेत । इच्छा शक्ति भए के हुदैन र ? परिवर्तन गर्नका लागि कुनै पनि उमेरले छेक्दैन भन्ने इगरब्रिज माध्यमिक बिद्यालयकी एक १४ बर्षिय छात्रा उदाहरण बनेकी छन् ।
इगरब्रिज माध्यमिक विद्यालयमा अध्ययनरत १४ बर्षिया छात्रा दृष्टि भुसालले आफुले खाजा खर्च कटाएर विद्यालयको भवन निर्माणका लागि सहयोग गर्नुभएको हो । उहाँले सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि २५ हजार सहयोग गर्नुभएको छ । शुक्रबार वीरेन्द्रनगरमा प्राविधिक शिक्षा संचालनार्थ प्रचार–प्रसार समितिले आयोजना गरेको कार्यक्रममा उक्त रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

‘मैले बुबाआमाले विद्यालय जाँदा खाजा खान दिएको पैसा , दशै तिहार लगायत चाडपर्वमा आर्शिवाद सहित प्राप्त गरेको पैसा का साथै जन्म उत्सवमा हुने खर्चलाई जम्मा गरेर विद्यालयलाई दिएको हो’ मूल समितीका संयोजक बसन्त थापालाई रकम हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, ‘यो मेरो सानो सहयोगले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि थोरै भएपनि सहयोग पुग्छ भन्ने विश्वास लिएको छु । हामीले इच्छा शक्ति जुनसुकै काम गरे पछि सफल हुन्छौं ।’
यस्तै एविसी टेलिभिजनको लोकप्रिय कार्यक्रम एविसी इन्द्रणीका सञ्चालक तथा वरिष्ठ लोकगायक कृष्ण कडेलले जिल्ला समन्वयन समिती सुर्खेतको हलमा कार्यक्रमको आयोेजना गर्नुभएको थियो । सालको छाप्रे विद्यापुर डाँडैले,मुटु चुड्यो मायालु लाटिकाँडैले भन्ने बोलको गीत गाएर दर्शकलाई मनोरञ्जन समेत प्रदान गनर्’ भएको थियो । प्रविधिक शिक्षा सञ्चालनका लागि ’पञ्चपुरी विद्यापुर शैक्षिक एवम् धार्मिक महोत्सव २०७५ को प्रचार–प्रसार गर्ने उदेश्यले शुक्रबार जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा ओयोजित कार्यक्रममा कडेलले लोक गितका साथै दोहोरी गीत गाएर सबैलाई यही फाल्गुन २४ गतेदेखि १ गतेसम्म सुर्खेतको विद्यापुरमा सबैलाई उपस्थित हुन आग्रह गर्नुभयो ।



Milan Shrestha । २५ माघ २०७५, शुक्रबार ०६:१२ बजे