१५ माघ । सुर्खेत । गएराती भेरीगंगा नगरपालिका छिन्चु बजारमा रहेको न्यू गौतम आईएमए को शाखामा चोरी भएको छ ।चोरीमा करिब १५ लाख नगद चोरी भएको न्यू गौतम आईएमए का प्रोप्राइटर केपी गौतमले बताए । चोरी गर्नेहरु भल्ट (सेफ बक्स) नै लगेर जंगलमा लगी फोडेर नगद लगेको प्रोप्राइटर गौतमले बताए ।
चोरी गर्नेहरुले सिसिटिभीको DVR Box लाई घटनास्थल नजिकै पानी ट्ंयाकीमा फालेको अवस्थामा भेटिएको र शंकास्पद ब्यक्तीहरुलाई पक्राउगरि अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक मधुसुदन न्यौपानेले बताए ।



Prawash Kumar Shakya । १५ माघ २०७४, सोमबार ०८:०२ बजे