
फागुन २, जुम्ला ।
कर्णाली प्रदेशको जुम्ला जिल्लामा पाइने दुर्लभ रेड पाण्डाको संरक्षणमा चुनौति देखिएको छ । रेड पाण्डाको बासस्थान विनास हुनु, अबैध रुपमा चोरी शिकारी बढ्नुका संरक्षण चुनौती थपिएको हो ।
जुम्लामा आयोजीत एक कार्यक्रमका सहभागीहरुले रेड पाण्डा संरक्षणमा स्थानीय सरकार जागरुक बन्नु पर्नेमा जोड दिदै रेड पाण्डाको संरक्षण र चोरी शिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नु पर्ने सुझाव छ नागरिक समाजका अगुवा राजबहादुर महतको । रेड पाण्डाको संरक्षणमा स्थानीय सरकार जिम्मेवार बन्नै पर्छ र दुर्लभ बन्यजन्तुको संरक्षण सरकारले नगरे कसले गर्छ अगुवा महतको भनाई छ ।
रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक सरोज श्रेष्ठले रेड पाण्डाको संरक्षणका लागि सामुदायिक वनका पदाधिकारीलाई सचेतना दिने काम सञ्चालन भइरहेको जानकारी गराउँदै सामुदायिक बन संरक्षणको काम अघि बढ्ने बित्तिकै रेडपाण्डाको संरक्षण हुने विस्वास ब्यक्त गर्नुभयो । दुर्लभ वन्यजन्तु रेड पाण्डाको बासस्थान निगालोको जंगल हो, उहाँले भन्नुभयोे निगालोको टुसा र पात खाने रेड पाण्डाको बासस्थान जोगाउँन सरोकारवालाले भुमिका खेल्नु पर्छ । वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधिले रेड पाण्डाको संरक्षणमा चुनौति थपीएको भन्दै श्रेष्ठले रेड पाण्डाको चोरी शिकारीसँगै लेकाली गोठमा पालिने कुकुरको आक्रमणले पनि रेड पाण्डा असुरक्षित हुने गरेका छन् ।
डिभिजन वन कार्यालय जुम्लाका निमित्त प्रमुख निरज झा का अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ । रेड पाण्डाको सहवास समय र सन्तान जन्माउने समयमा रेड पाण्डाको बासस्थानमा स्थानीयलाई जान नदिने, चरिचरण गर्न नदिने, कुकुर लिन नदिने गरेमा यसको संरक्षण हुने झा को भनाई छ । समुन्द्र सतहबाट झण्डै ३ हजार ६ सय मिटर उचाईमा रेड पाण्डा बढी पाइन्छ । विश्वकै दुर्लभ वन्यजन्तु रेड पाण्डा बासस्थान र आहारा संकटमा पर्दै गएको छ ।
रातो हाब्रेको नामले चिनिने रेड पाण्डाको बासस्थान विनाश, चोरी शिकारीका घटना लगायतका कारण संरक्षणमा कठिनाइ थपिँदै गएको हो । दुर्गम क्षेत्रमा यातायात, मानववस्ती र चरिचरण क्षेत्रको विस्तार, वन डढेलो, रासायनिक वस्तुको अधिकतम प्रयोग, चोरी शिकारजस्ता कार्य भईरहेको छ ।
उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेड पाण्डाको आयु ८ देखि १० बर्षसम्म हुन्छ । पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउन सम्म गर्भाधान हुने महिनाको रुपमा लिइन्छ । रेड पाण्डालाई पर्यटन प्रवद्र्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण वन्यजन्तु मानिन्छ ।
देशका २३ हिमाली तथा पहाडी जिल्लामा रेड पाण्डा पाइन्छ भने ति मध्येको जिल्ला जुम्ला पनि हो ।
Milan Shrestha । २ फाल्गुन २०७५, बिहीबार १६:२७ बजे