आबस्यक पूर्वाधारको व्यवस्थापन गर्न मन्त्री बुढाको निर्देशन


चैत १३, सुर्खेत ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उडान भर्नाको लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरुको तत्काल ब्यबस्था गर्न सुर्खेत नागरिक उड्डेयन कार्यालयलाई निर्देशन दिनुभएको छ ।

सुर्खेत विमानस्थलको निरीक्षणका क्रममा मन्त्री बुढाले २०७५ बैसाख १ गतेदेखि सुरु हुने ‘रारा पर्यटन वर्ष २०७५’ लाई मध्यनजर गरी उडान भर्न आबस्यक पर्ने पूर्वाधारहरुको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि काठमाण्डौ सम्मको सिधा उडान सेवा सञ्चालन निर्णय भएपछि विमानस्थलको वास्तविक अवस्था बुझ्न मन्त्रीले आज विमानस्थलको निरीक्षण गर्नुभएको हो ।

आगामी बैशाख १ गतेदेखि सुर्खेत–काठमाडौं सिधा उडान हुने भएको छ ।